विदेश

खाने हो त ‘भेज चिकेन’? के हो भेज चिकेन ?

हिमालय टिभी
२०७७ मंसिर २२ गते १४:०६
खाने हो त ‘भेज चिकेन’? के हो भेज चिकेन ?

सिंगापुर । सिंगापुरका रेस्टुरेन्टले ग्राहकलाई भेज चिकेनका परिकार विक्री वितरण शुरु गरेको छ । सुन्दा अचम्म लाग्न सक्छ, चिकेन कसरी भेज हुन्छ ?

तर, सिंगापुरले प्रयोगशालामा उत्पादन भएको कुखुराको मासु विक्री शुरु गरेको हो । अमेरिकी कम्पनी ‘जस्ट इट’ ले विकास गरेको यो प्रविधिमार्फत कुखुराको मासु पंक्षी हत्याबिना तयार पारिएको हो । योसँगै कृतिम मासु विक्री गर्ने सिंगापुर पहिलो देश बनेको छ ।

विश्व वातारण मैत्री बन्दै गर्दा भेज चिकेनलाई विश्व खाद्य उद्योगको नयाँ क्रान्ति मानिएको छ । यसले छोटो समयमै विश्वब्यापी मान्यता पाउने बताइएको छ ।

वातावरणीय सन्तुलन बिग्रनुमा मांसाहारीलाई पनि एउटा कारण मानिएको छ । यो क्रान्तिले मासुको विकल्प प्राप्त गरेको उत्पादकको भनाइ छ ।

आउँदो पाँच वर्षभित्र विश्वमा मासुको खपत ७० प्रतिशतले बढ्ने बताइएको छ । यो अवस्थामा कृतिम मासु उत्पादनलाई महत्वपूर्ण मानिएको छ ।

अहिले एउटा भेज चिकेनको मूल्य ५० डलर पर्ने भएपछि आगामी वर्ष यसको भाउ घट्ने उत्पादकले जनाएको छ ।

कसरी बन्छ भेज चिकेन ?
यो मासु कुखुराको एउटा कोषलाई प्रयोगशालामा विकास गरेर बनाइएको हो । यो कोषमा थोरै मात्रामा ‘बायोरियाक्टर’ राखिन्छ । त्यसपछि मासुको विकासका लागि आवस्यक पर्ने तापक्रम दिइन्छ, जसका कारण एउटा सानो कोष मासुमा परिणत हुन्छ ।

यो मासु निकै सुरक्षित रहेको बताइएको छ । पशुहत्याबाट निस्किने मासुमा रोग हुनसक्छ । तर, यो मासु शुद्ध र सुरक्षित रहेकाले सिंगापुरमा मान्यता पाएको हो ।

प्रयोगशालामा उत्पादन भएको कुखुराको मासु निकट भविष्यमै मानिसले आफ्नो घरमा समेत बनाउन सक्नेछन् ।

सन्ध्या श्रीराम सिंगापुरको एक प्रयोगशालामा काम गर्छिन् । जसले यस्तो मासुको उत्पादन गरिरहेको छ ।

‘आफ्नै घरमा रक्सी (वाइन, वियर) वा रोटी (पाउरोटी) बनाएजस्तै चिकेन पनि उत्पादन गर्न सकिनेछ,’ वैज्ञानिक डा सन्ध्या श्रीरामले भनिन् ।

स्मरणरहोस् विश्वमा सबैभन्दा बढी कुखुराको मासु खपत हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *