विदेश
अबको सय दिन अनिवार्य मास्क लगाउन नवनिर्वाचित राष्ट्रपति बाइडेनको निर्देशन
२०७७ मंसिर १९ गते ७:५६
१९ मंसिर, २०७७ न्युयोर्क । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अबको सय दिन अनिवार्य मास्क लगाउन निर्देशन दिएका छन् ।
अमेरिकी सञ्चार माध्यमसँगको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले अबको सय दिन निकै चुनौतिपूर्ण भएकाले सार्वजनिक स्थानमा हिडडुल गर्दा अनिवार्य मास्क लगाउन आग्रह गरेका हुन् ।
बाइडेनले सबै सरकारी कर्मचारीलाई अनिवार्य मास्क लगाउन निर्देशन दिएका छन् । हरेक अमेरिकीले आफ्नो अनुहारमा मास्क लगाएर हिडे अबको सय दिनमा कोरोना संक्रमणमा उल्लेख्य कमी आउने बाइडेनको दाबी छ ।
बाइडेनले केवल सय दिनका लागि मात्र मास्क लगाउन आग्रह गरेको बताएका छन् । बाइडेनले संघीय सरकारका इकाइहरु र सबै सरकारी कर्मचारीलाई अनिवार्य मास्क लगाउन निर्देशन पठाइने बताएका छन् ।
प्रतिक्रिया