विदेश

कोरोनाविरुद्धको खोप प्रयोगलाई बेलायतले अनुमति दिएपछि युरोपमा राजनीतिक तरङ्ग

हिमालय टिभी
२०७७ मंसिर १८ गते ७:४२
कोरोनाविरुद्धको खोप प्रयोगलाई बेलायतले अनुमति दिएपछि युरोपमा राजनीतिक तरङ्ग

१८ मंसिर, २०७७ लण्डन । फाइजर र बायोएनटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा बेलायतले अनुमति दिएपछि युरोपभर राजनीतिक तरङ्ग उत्पन्न भएको छ।

अमेरिकी फाइजर तथा जर्मन बायोएनटेकद्वारा विकसित कोरोनाविरुद्धको खोपलाई बेलायतले अनुमति दिंदै अर्को हप्तादेखि प्रयोगमा ल्याउने बताएको थियो ।

युरोपेली युनियनका नियामक निकायले अझै उक्त खोपका तथ्यांकहरु अध्ययन गरिरहेको बताएका छन् । त्यस्तै बेलायतकै एक मन्त्रीले बेलायतले खोपलाई छिटो अनुमति दिन सक्नुका पछाडि ब्रेक्जीट पनि एक कारण भएको बताएका छन् ।

स्वास्थ्यमन्त्री म्याट ह्यानककले ब्रेक्जीटका कारण बेलायतमा युरोपेली युनियनका अन्य सदस्य राष्ट्रहरूभन्दा चाँडो कोभिड खोपको प्रयोग स्वीकृति दिन सकिएको बताए ।

त्यस्तै हाउस अफ कमन्सका कन्जरभेटिभ नेता जेकब रिज(मगले पनि ट्वीट गर्दै ईयू त्यागेकै कारण यति छिटो खोपलाई अनुमति दिन सकेको बताए । उता ईयूका अधिकारीहरूले त्यस्ता भनाइलाई खारेज गर्दै ईयूद्वारा स्थापित संयन्त्र नै बेलायतले पनि पछ्याएको र जुनसुकै सदस्य राष्ट्रले पनि त्यसो गर्नसक्ने बताएको छ।

त्यस्तै ईयूको नियामक निकायले आफ्नो प्रक्रियामा ढिलाइ हुनुको कारण खोपान सामेल कडा सुरक्षा परीक्षणका नियम रहेको दाबी गरेको छ ।

बेलायतका निम्ति जर्मन राजदूत आन्द्रियास माइकेलिसले भाइरस विरुद्धको लडाई कुनै राष्ट्रिय मुद्दा नभएको भन्दै अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकतामा जोड दिएका छन् ।

फाइजर तथा बायोएनटेक कम्पनीको कोरोना खोपलाई आपत्कालिन प्रयोगको अनुमति दिएसँगै सर्वसाधारणमा खोप प्रयोग गर्ने बेलायत पहिलो देश बनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *