विदेश

चीनले प्रक्षेपण गरेको अन्तरिक्ष यान चन्द्रमाको सतहमा सफल अवतरण

हिमालय टिभी
२०७७ मंसिर १७ गते १४:४६
चीनले प्रक्षेपण गरेको अन्तरिक्ष यान चन्द्रमाको सतहमा सफल अवतरण

१७ मंसिर, २०७७ बेइजिङ । चीनले चट्टानको नमूना संकलन गर्ने उद्देश्यसहित प्रक्षेपण गरेको अन्तरिक्ष यान चन्द्रमाको सतहमा सफल अवतरण गरेको छ ।

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले यो यान हिजो साँझ सफल अवतरण गरेको जानकारी गराएको छ । ४० वर्षपछि कुनै पनि देशले चन्द्र सतहमा सफलतापुर्वक यान अवतरण गराउन सफलता पाएको हो ।

अवतरण लगत्तै च्याङ फाइभ नामक रोबटले त्यहाँको तस्वीर र भिडियो पठाउन सुरु गरिसकेको पनि चीनले जनाएको छ । यो अन्तरिक्ष यान गत एकसाता अघि प्रक्षेपण गरिएको थियो । यो रोबोट दुई साता चन्द्रमाको सतहमा रहेर त्यहाँको माटो र चट्टानको अध्ययन गरेर फर्किनेछ ।

यो रोबटले विषेशगरी चन्द्रमाको मोन्स रुम्कर भन्ने ज्वालामुखी क्षेत्रको अध्ययन गर्नेछ । यो क्षेत्रको चट्टान तुलनात्मक रुपमा अरु स्थानको भन्दा नयाँ रहेको बताइएको छ । यसले चन्द्रमाको ज्वामुखीको इतिहास पत्ता लगाउन सहयोग मिल्ने चीनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *