विदेश
विश्वमा थपिए एकैदिन पाँच लाख ६९ हजारभन्दा बढी कोरोना सङ्क्रमित
२०७७ मंसिर १४ गते ९:१२
१४ मंसिर, २०७७ काठमाडौं । विश्वमा एकैदिन पाँच लाख ६९ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् ।
वर्ल्ड मिटरकाअनुसार गत २४ घण्टामा विश्वभर पाँच लाख ६९ हजार ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको सङ्ख्या ६ करोड २५ लाख ५० हजार ६ सय १६ पुगेको छ ।
यस्तै तथ्याङ्कअनुसार २४ घण्टामा विश्वभर ९ हजार १ सय ९८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १४ लाख ५७ हजार ५ सय ५ पुगेको छ।
हालसम्म विश्वभर सङ्क्रमित भएकामध्ये ४ करोड ३१ लाख७८ हजार १ सय १२ जना स्वस्थ भएका छन्।
प्रतिक्रिया