विदेश

आफ्ना आणविक वैज्ञानिकको हत्याको बदला लिने इरानी सेनाको चेतावनी

हिमालय टिभी
२०७७ मंसिर १३ गते ७:४३
आफ्ना आणविक वैज्ञानिकको हत्याको बदला लिने इरानी सेनाको चेतावनी

१३ मंसिर, २०७७ इरान । आफ्ना एक वरिष्ठ आणविक वैज्ञानिक मोहसिन फखरिजादेहको हत्याको बदला लिने इरानी सेनाले बताएको छ ।

इरानका वरिष्ठ आणविक वैज्ञानिक मोहसिन फखरिजादेहको राजधानी तेहरान नजिकै भएको आक्रमणमा हत्या भएको थियो । उनी इरानको आणविक कार्यक्रमका मास्टरमाइन्ड मानिन्थे ।

उनी सवार कारमाथि बम आक्रमणपश्चात गोली चलाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको इरानी रक्षा मन्त्रालयले पुष्टि गरिसकेको छ ।

इरानी रक्षा मन्त्री मोहम्मद जवाद जरिफले हत्याको निन्दा गर्दै यसलाई राज्य प्रायोजित आतंक भएको बताए । फखरिजादेह इरानी बमको पिताका रुपमा समेत चिनिन्थे ।

इरानले हत्यामा इजरायलको संलग्नताको आरोप लगाएको छ । सन् २ हजार १५ मा भएको परमाणु सम्झौताबाट अमेरिका २ हजार १८ मा बाहिरिएपछि इरानले पनि आफू त्यसका सीमाहरुमा बाध्य नभएको बताउँदै युरेनियमको उत्पादन बढाइरहेको छ ।

इरानले परमाणु हतियार उत्पादनका लागि महत्वपूर्ण मानिएको युरेनियमको उत्पादन बढाउँदा विश्भवरभर नै चिन्ता थपिएको छ । इरानले आफ्नो परमाणु कार्यक्रम विशुद्ध रुपमा शान्तिपूर्ण प्रयोजनका लागि रहेको दाबी गर्दै आएको छ ।

गत जनवरीमा पनि अमेरिकाले रिभोलुसनरी गार्डका एक कमाण्डर कासिम सुलेमानीको हत्या गरेको थियो । त्यस्तै सन् २ हजार १० र २ हजार १२ को बिचमा चार इरानी परमाणु वैज्ञानिकको हत्या भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *