नयाँ कृषि कानूनविरुद्ध भारतमा किसान आन्दोलन चर्किँदै

१२ मंसिर, २०७७ नयाँ दिल्ली । भारतमा नयाँ कृषि कानूनको विरोधमा किसानको आन्दोलन चर्किदै गएको छ । हरियाणा र पंजावका किसानले राजधानी दिल्लीसम्म मार्च निकालेका छन् ।
दिल्लीको सीमा क्षेत्रमा दुइदिनदेखि प्रहरीसँग संघर्ष गरिरहेका किसानको मार्च आज अघि बढेको छ । त्यसअघि प्रहरीले किसानलाई दिल्लीमा प्रवेश गर्न नदिन बल प्रयोग गरेको थियो ।
किसानले सीमा क्षेत्रको सडकमै रात विताएका छन् । किसानको मार्च दिल्लीको बुराड़ी मैदानतर्फ अघि बढेको भारतीय संचार माध्यमले जनाएका छन् । १० भन्दा बढी प्रहरीको अवरोध छिचोलेर मार्च अघि बढेको हो ।
दिल्ली प्रशासनले आज आएर बल्ल प्रदर्शनको अनुमति दिएको छ । सिंघु बोर्डरमा आज बिहान प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो । भाजपा सरकारले दुइवटा नयाँ कानून बनाएपछि किसान सडकमा उत्रिएका हुन् ।
यहि विषयलाई लिएर अकाली दल भाजपासँगको गठबन्धन तोडेर सरकारबाट बाहिरिएको थियो । दिल्ली राज्य सरकारले पनि किसानको आन्दोलनमा समर्थन जनाएको छ ।
प्रतिक्रिया