विदेश

४५ मिनेटसम्म रोकियो मुटुको चाल, मृत घोषणा गर्न लागेका व्यक्ति निको भएर घर फिर्ता

हिमालय टिभी
२०७७ मंसिर ८ गते १४:०८
४५ मिनेटसम्म रोकियो मुटुको चाल, मृत घोषणा गर्न लागेका व्यक्ति निको भएर घर फिर्ता

८ मंसिर, २०७७ काठमाडौंं । मानिस मरेर पनि फेरि ब्युँतिएको घटना कमै पाइन्छ । अपवादबाहेक यो सम्भव देखिएको पनि छैन । तैपनि हामीले कहिले काहीँ दाह संस्करण गर्दैगर्दा मानिस फेरी जिउँदो भएको खबर सुनेका छौं । जबसम्म मुटु धड्किन्छ अथवा सक्रिय रहन्छ, त्यसबेलासम्म मानिस जिउँदो हुन्छ । तर, अमेरिकाको वासिङटनमा आश्चर्यजनक घटना भएको छ ।

एक जना व्यक्तिको मुटु ४५ मिनेटसम्म रोकिएर पनि बाँच्न सफल भएका छन् । माइकल क्लापिन्स्की नाम गरेका ४५ वर्षे व्यक्ति वासिङटनस्थित माउण्ट राइनरको पदयात्रामा गएका थिए ।

अत्याधिक न्यून तापक्रमका कारण उनको स्वास्थ्य अवस्था नाजुक हुँदै थियो । मौसम लगातार खराब हुँदै गएपछि उनको मुटुको धड्कन रोकियो । केही समयपछि सेनाको एक समूह त्यहाँ पुग्दा उनलाई मृत अवस्थामा भेटायो ।

हाइपोथर्मिया (अत्याधिक जाडो)का कारण बाटोमा लडेका थिए । उनको नाडी चलेको थिएन । तत्कालै उनलाई अस्पताल पु¥याइयो ।
चिकित्सकले बचाउने अन्तिम प्रयास स्वरुप उनको मुटुमा इसीएमओ जडान गरे ।

यो मेसिनले फोक्सो र मुटु सक्रिय नभए पनि शरीरमा रक्त प्रवाह गराउन सहयोग गर्दछ । तर, मृत शरीर ब्यूँताउन भने सक्दैन । ४५ मिनेटको अथक प्रयासपछि उनको शरीरमा रक्त प्रवाह हुन थाल्यो । चिसिएको उनको शरीरमा तापक्रम देखिन थाल्यो । त्यसपछि उनको छातीमाथि विद्युतीय झड्का दिइयो । त्यसपछि भने मुटु पूर्ववत् चलायमान भयो ।

मुटु नचलेका कारण उनको दिमागका केही तन्तु भने मरिसकेको हुन सक्ने चिकित्सकको अनुमान छ । दुई दिनपछि क्नापिन्स्कीले आँखा खोले । आठ दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *