विदेश

कोरोना संक्रमण भएर निको भएपछि ६ महिनासम्म पुनः संक्रमण नहुने पुष्टि

हिमालय टिभी
२०७७ मंसिर ७ गते ९:२३
कोरोना संक्रमण भएर निको भएपछि ६ महिनासम्म पुनः संक्रमण नहुने पुष्टि

७ मंसिर, २०७७ लण्डन । एकपटक कोरोना भाइरसबाट संक्रमित भएकामा कम्तिमा ६ महिनासम्म दोस्रो संक्रमण हुने सम्भावना नभएको एक अध्ययनले देखाएको छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनअनुसार संक्रमित व्यक्तिमा कम्तिमा ६ महिनासम्म अर्को संक्रमण हुने जोखिम नभएको पाइएको हो । उक्त अध्ययन स्वास्थ्यकर्मीमा गरिएको थियो ।

यसमा एकपटक संक्रमित भएका व्यक्ति कोरोना भाइरसबाट सुरक्षित भएको पाइएको थियो । एक पटक संक्रमित भइसकेका ८९ जनाको जाँच गर्दा दोस्रो पटक रिपोर्ट नेगेटिभ आएको थियो ।

संक्रमितमा प्रतिरोधात्मक क्षमता बन्ने पनि अध्ययनबाट पत्ता लागेको छ । अध्ययनबाट कोरोना भाइरसबारे थप बुझ्ने मौका पाइएको अध्ययनमा संलग्न चिकित्सकहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *