विदेश

कोरोना भाइरसविरुद्धको खोपले डिसेम्बरसम्म स्वीकृति पाउने

हिमालय टिभी
२०७७ मंसिर ४ गते ७:२८
कोरोना भाइरसविरुद्धको खोपले डिसेम्बरसम्म स्वीकृति पाउने

४ मंसिर, २०७७ न्युयोर्क । फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपले यही वर्षको डिसेम्बरसम्म स्वीकृती पाउने बताइएको छ ।

कोरोना भाइरसविरुद्ध प्रभावकारी नतिजा देखिको फाइजर र बायोएनटेकद्वारा उत्पादित खोपलाई युरोपेली तथा अमेरिकी नियामक निकायले डिसेम्बरसम्म स्वीकृत गर्ने सम्भावना रहेको छ ।

जर्मन उत्पादकका प्रमुख कार्यकारीले खोपलाई अमेरिकी तथा युरोपेली निकायले आकस्मिक प्रयोगका लागि मध्य डिसेम्बरसम्ममा स्वीकृति प्रदान गर्ने बताए ।

खोप निर्माता तथा जर्मन बायोटेक्नोलोजी कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी उगुर साहिनले सबै प्रक्रिया सही रुपमा अघि बढे अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले आकस्मिक प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बताए ।

यस्तै युरोपियन युनियनले पनि केही शर्तसहित खोप प्रयोगका लागि स्वीकृति प्रदान गर्ने सम्भावना रहेको उनले उल्लेख गरे । फाइजर खोपको प्रभावकारिता ९० प्रतिशत देखिएको छ । तर बुधबार सार्वजनिक भएको भिन्न उमेर समूहका व्यक्तिमा गरिएको परीक्षणमा खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखियो ।

उता अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोपको प्रभावकारिता ९४ दशमलव ५ प्रतिशत देखिएको छ र सो खोप पनि अन्तिम चरणको परीक्षण पूरा गरी स्वीकृति प्राप्त गर्ने प्रक्रियामा छ ।

यस्तै अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा एस्ट्राजेनेकाले विकास गरिरहेको खोप पनि यही वर्षको अन्त्यसम्ममा तयार हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *