विदेश

भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा खतरनाक स्तरमा

हिमालय टिभी
२०७७ कार्तिक ३० गते ९:१०
भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा खतरनाक स्तरमा

३० कात्तिक, २०७७ नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको प्रदूषणको मात्रा खतरनाक स्तरमा पुगेको छ।

पराल जलाउने तथा पटका पड्काउने कारणले निस्किएको धुवाँले दिल्लीका अधिकांश स्थानको प्रदूषणको मात्रा खतरनाक तहमा पुगेको हो ।

सर्वोच्च अदालत तथा एनजिटीको आदेशका बावजुद दिल्लीमा पटका पड्काउने तथा आतिशबाजी गर्नेमा कमी आएन । शनिवार त्यहाँको एयर क्वालिटी इन्डेक्स अर्थात वायू प्रदूषण ९ सय ९९ सम्म पुग्यो ।

दिल्लीमा दीपावालीमा पटाकाको खरिद विक्री तथा प्रयोगमा रोक लगाइएको थियो ।

दिल्लीका आनन्द बिहार, आईजीआई एयरपोर्ट आसपासका क्षेत्र, आईटीओ र लोधी रोड क्षेत्रमा हावाको गुणस्तर मात्रा हानिकारक तहमा पुगेको हो। प्रदूषण केही कम गर्न दिल्लीका केही क्षेत्रमा पानी छर्किएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *