विदेश
कोभिड अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु
२०७७ कार्तिक ३० गते ९:०२

३० कात्तिक, २०७७ रोमानिया । कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको उपचार हुँदै आएको रोमानियाको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जनाको ज्यान गएको छ।
आगलागीका कारण अरु केही गम्भीर घाइते भएका छन् । उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो।
बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर जलेर गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।घाइते डाक्टरलाई आर्मीको विमान मार्फत राजधानी लगिएको छ ।
विद्युत् सट भएर आगलागी भएको हुन सक्ने रोमानियाका स्वास्थ्य मन्त्री नेलु तातारुले बताउनुभएको छ । सो अस्पतालमा रहेका कोरोना सङक्रमितहरूलाई लासी शहरमा रहेको अर्को अस्पतालमा सारिएको छ ।
प्रतिक्रिया