विदेश

अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणामा ढिलाइ, बाइडन जित नजिक

हिमालय टिभी
२०७७ कार्तिक २१ गते १६:२४
अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणामा ढिलाइ, बाइडन जित नजिक

२१ कात्तिक, २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति निर्वाचनको परिणाम घोषणामा ढिलाइ भएको छ । हुलाक र मेलबाट आएका मतपत्र गणनामा बढी समय लागेपछि निर्वाचन भएको चौथो दिनसम्म पनि नतिजा घोषणा हुन सकेको छैन ।

५० मध्ये अहिलेसम्म ४४ राज्यको नतिजा घोषणा भएको छ । डेमोक्रेटिक उम्मेद्धवार बाइडनले कुल ५ सय ३८ इलेक्टोरल मतमध्ये २ सय ५३ जम्मा गरेका छन् ।

प्रतिष्पर्धी ट्रम्पले अहिलेसम्म २ सय १४ इलेक्टोरल मत पाएका छन् । बाइडनले पछिल्लो पटक विस्किन्सन राज्यमा जीत निकालेका हुन् । गणना भइरहेका ६ मध्ये चारवडा राज्यमा ट्रम्पले अग्रता बनाएका छन् ।

बाइडन एरिजोना र नेवाडा राज्यमा अघि छन् । यी दुइ राज्यमा जीत निकाल्न सके बाइडन राष्ट्रपति निर्वाचित हुनेछन् । अमेरिकामा राष्ट्रपति छानिन २ सय ७० इलेक्टोरल मत आवस्यक पर्छ । यी दुई राज्यमा १७ मत छ ।

त्यसवाहेक बाइडनले पेन्सेल्भेनियामा पनि जीतको अपेक्षा गरेका छन् । त्यहाँ ट्रम्पको निकै कम मतको अग्रता छ । त्यसवाहेक जर्जियामा पनि बाइडन १ हजार मतले मात्रै पछि छन् ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले बैध मतले जितिसकेको तर विपक्षीले अवैध मत गणना गरेर हराउन लागेको दाबी गरेका छन् ।

उनले हुलाकमार्फत आएका मतको गणना रोक्नुपर्ने माग गरेका छन् । ट्रम्पले अब सर्वोच्च अदालतमा मुद्दा हाल्ने र त्यहीबाट नयाँ राष्ट्रपतिको छिनोफानो हुने उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *