विदेश
काबुलमा भएको आक्रमणमा कम्तिमा २२ जना विद्यार्थीको मृत्यु
२०७७ कार्तिक १८ गते ७:४५
१८ कात्तिक, २०७७ काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा कम्तिमा २२ जना विद्यार्थीको मृत्यु भएको छ ।
राजधानी काबुलस्थित काबुल विश्वविद्यालयमा बन्दुकधारीहरुले गोली चलाउँदा २२ जना विद्यार्थीको मृत्यु भएको हो । तीन जना बन्दुकधारी विश्वविद्यालय हाताभित्र प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए ।
गोलीकाण्डमा २२ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनालगत्तै भएको सुरक्षाकर्मी कारवाहीमा तीनै जना आक्रमणकारी पनि मारिएको अफगान गृह मन्त्रालयका प्रवक्ताले बताएका छन्।
विश्वविद्यालय परिसरमा इरानी पुस्तक प्रदर्शनीको उद्घाटनको तयारी भइरहेका बेला हमला भएको थियो । इस्लामिक स्टेट समूहले आक्रमणको जिम्मा लिएको छ ।
प्रतिक्रिया