विदेश

विश्वमा एकैदिन सबैभन्दा धेरै ५ लाख ७३ हजार बढीमा कोरोना संक्रमण

हिमालय टिभी
२०७७ कार्तिक १५ गते ८:०२
विश्वमा एकैदिन सबैभन्दा धेरै ५ लाख ७३ हजार बढीमा कोरोना संक्रमण

१५ कात्तिक, २०७७ काठमाडौं । पछिल्लो पटक विश्वभर हालसम्मकै धेरै मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

केही दिनयता विश्वभर नै दैनिक कोरोना संक्रमित हुनेको संख्या लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा विश्वमा हालसम्मकै धेरै ५ लाख ७३ हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको हो ।

यसअघि बिहीबार मात्रै अहिलेसम्मकै धेरै ५ लाख ४८ हजारभन्दा बढी संक्रमित थपिएका थिए । पछिल्लो पटक सबैभन्दा धेरै अमेरिकामा १ लाख १ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा एकैदिन संक्रमित हुने यो संख्या पनि हालसम्मकै उच्च हो ।

यसअघि त्यहाँ यही अक्टोबर २९ तारिखमा ९१ हजार ८ सयभन्दा बढीमा संक्रमण भएको थियो । त्यस्तै भारतमा ४८ हजार तथा ब्राजिलमा २३ हजार भन्दा बढी संक्रमित थपिए ।

अमेरिकामा संक्रमित संख्या ९३ लाख नाघेको छ । त्यस्तै भारतमा कोरोना संक्रमित हुने ८१ लाख तथा ब्राजिलमा ५५ लाख भन्दा बढी पुगेका छन् । विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ४ करोड ५८ लाख भन्दा धेरै रहेका छन् ।

यस्तै शुक्रबार विश्वभर झण्डै ७ हजार ५ सय जनाको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा ९ सय ८८, भारतमा ५ सय ५० तथा ब्राजिलमा ५ सय २९ जनाले ज्यान गुमाए ।

कोरोनाका कारण विश्वमा मृत्यु हुने मानिसको संख्या ११ लाख ९३ हजार भन्दा बढी रहेको छ । उता विश्वभर कोरोना संक्रमणमुक्त हुने मानिस ३ करोड ३२ लाख ४३ हजार भन्दा बढी पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *