विदेश

पाकिस्तानको राजधानीमा हिन्दू मन्दिर निर्माण गर्न अनुमति

हिमालय टिभी
२०७७ कार्तिक १३ गते १७:०८
पाकिस्तानको राजधानीमा हिन्दू मन्दिर निर्माण गर्न अनुमति

१३ कात्तिक, २०७७, इस्लामावाद । पाकिस्तानको इस्लामिक परिषद्ले इस्लामावादमा हिन्दू मन्दिर निर्माण गर्न स्वीकृति दिएको छ ।

इस्लामिक कानूनमा अल्पसंख्यक हिन्दूलाई पूजा–आराधना गर्ने स्थान दिने भनेर उल्लेख गरिएको भन्दै परिषद्ले इस्लामाबादमा मन्दिर निर्माण गर्नका लागि बाटो खुला गरिदिएको हो । परिषद्ले सरकारलाई धर्मसम्बन्धी सल्लाह सुझाव दिँदै आएको छ ।

पाकिस्तानको संसदमा अल्पसंख्यक हिन्दूको प्रतिनिधित्व गर्दै आएका लाल माल्हीले सरकारको यो कदमको स्वागत गरेका छन् ।

स्वीकृतिपछि इस्लामिक राज्य पाकिस्तानको इस्लामाबादमा पहिलो हिन्दू मन्दिर बन्दैछ । १० लाख जनसंख्या रहेको इस्लामाबादमा करिब तीन हजार हिन्दू धर्मावलम्बी छन् ।

परिषद्ले विवाह लगायत विभिन्न शुभकार्य संचालन गर्नका लागि सामुदायिक भवन बनाउन पनि स्वीकृति दिएको छ ।

यसअघि पाकिस्तान सरकारले इस्लामाबादमा मन्दिर निर्माण गर्नका लागि रोक लगाएको थियो । तर, मुस्लिम समुदायको दबाबका बाबजुत प्रधानमन्त्री इमरान खानले मन्दिर निर्माणका लागि सार्वजनिक कोषबाट ६ लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णयसमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *