विदेश

विश्वमा एकैदिन अहिलेसम्मकै धेरै ५ लाख बढीमा कोरोना संक्रमण

हिमालय टिभी
२०७७ कार्तिक १३ गते ७:४७
विश्वमा एकैदिन अहिलेसम्मकै धेरै ५ लाख बढीमा कोरोना संक्रमण

१३ कात्तिक, २०७७ काठमाडौं । पछिल्लो समय विश्वमा हालसम्मकै बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा विश्वभर हालसम्मकै धेरै ५ लाखभन्दा बढी कोरोनाका संक्रमित थपिएका हुन् । यसअघि अक्टोबर २३ तारिखमा एकैदिन ४ लाख ९२ हजार भन्दा बढी संक्रमित भएका थिए ।

पछिल्लो पटक सबैभन्दा बढी अमेरिकामा ८० हजार भन्दा बढी संक्रमित थपिए । त्यस्तै भारतमा ४९ हजार तथा ब्राजिलमा २८ हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा संक्रमित संख्या ९१ लाख नाघेको छ । त्यस्तै भारतमा कोरोना संक्रमित हुने ८० लाख तथा ब्राजिलमा ५४ लाख नाघेका छन् ।

विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ४ करोड ४७ लाख भन्दा बढी पुगेका छन् । पछिल्लो समय युरोप लगायत विश्वभर नै कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको छ ।

यस्तै बुधबार विश्वमा ७ हजार भन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी १ हजार ३०, भारतमा ५ सय ९ तथा ब्राजिलमा ४ सय ८७ जनाले ज्यान गुमाए ।

कोरोनाबाट विश्वमा मृत्यु हुने मानिसको संख्या ११ लाख ७८ हजार नाघेको छ । उता विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ३२ लाख ७१ हजार भन्दा बढी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *