विदेश

चन्द्रमाको सतहमा पानी रहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा पुष्टि

हिमालय टिभी
२०७७ कार्तिक ११ गते ७:४२
चन्द्रमाको सतहमा पानी रहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा पुष्टि

११ कात्तिक, २०७७ न्युयोर्क । चन्द्रमाको सतहमा पानी रहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पुष्टि गरेको छ ।

पानीको रासायनिक यौगिक पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता रहेको वैज्ञानिकले बताएका छन् ।

यसअघि चन्द्रमाको अँध्यारो तथा चिसो क्षेत्रमा पानी जमेको अवस्थामा पाइएको थियो । अहिले भने चन्द्रमाको घमाइलो सतहमा पानी र पानीका रासायनिक यौगिक भेटिएको नासाले पुष्टि गरेको हो ।

यसको अर्थ चन्द्रमाको घमाइलो सतहमा मानव बस्ती विकास गर्न सकिन्छ । अहिले नै फेला परेको पानीलाई स्रोतका रुपमा प्रयोग गर्न सकिने वा नसकिने भन्न नसकिए पनि चन्द्रमाका बारेमा थप जान्न वा सो प्रक्रियाका लागि भने अति ठूलो उपलब्धी रहेको नासाका प्रशासक जिम ब्रिडेनस्टाइनले बताएका छन् ।

अन्तरिक्ष यान स्ट्रटोस्फेरिक अब्जरभेटरी फर इनफ्रारेड एस्ट्रोनोमीमा रहेको ठूलो टेलिस्कोपमार्फत गरिएको अवलोकनबाट थप नयाँ कुरा थाहा भएको हो ।

सो टेलिस्कोपबाट बाफको अवस्थामा रहेको पानी पत्ता लगाउन वैज्ञानिकलाई सहयोग मिलेको हो ।

पछिल्लो तथ्यांकले वैज्ञानिकले यसअघि गर्दै आएको चन्द्रमाको सतहमा पानी रहेको आंकलन पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *