चीनको जिनजियाङ प्रान्तमा सामूहिक कोरोना परीक्षण गरिने

१० कात्तिक, २०७७, बेइजिङ । चीनको जिनजियाङ प्रान्तको काशगर सहरमा एक जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सहरका सबै बासिन्दाको कोरोना परीक्षण गरिने भएको छ ।
काशगरको एक गार्मेन्ट फ्याक्ट्रिमा काम गर्ने एक महिलामा कोरोना संक्रमण देखिएको थियो । उनमा कुनै लक्षण देखिएको थिएन । तर पनि उनमा संक्रमण देखिएकाले शहरका ४७ लाख मानिसको कोरोना परीक्षण गर्न लागिएको हो ।
जिनजियाङमा अल्पसंख्यक मुलसमान समुदाय रहेका छन् । पछिल्लो पटक एक सय ३८ जना लक्षणविहीन संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएपछि त्यहाँका विद्यालय पनि बन्द गरिएको छ ।
नागरिकहरुलाई रिपोर्ट नेगेटिभ नआएसम्म घरबाट बाहिन ननिस्किन भनिएको छ । चीनले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिइसकेको छ ।
विभिन्न सहरहरुमा एक–दुई जनामा संक्रमण देखिए पनि चीनले पूरै सहरको परीक्षण गर्ने रणनीति लिएको छ ।
प्रतिक्रिया