विदेश

कोरोना संक्रमण रोक्न स्पेनमा पुनः राष्ट्रिय संकटकाल घोषणा

हिमालय टिभी
२०७७ कार्तिक १० गते ७:४०
कोरोना संक्रमण रोक्न स्पेनमा पुनः राष्ट्रिय संकटकाल घोषणा

१० कात्तिक, २०७७ स्पेन । कोरोना संक्रमण रोक्न स्पेनमा पुनः राष्ट्रिय संकटकाल घोषणा गरिएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि स्पेनमा पुनः देशव्यापी संकटकाल घोषणा गरिनुका साथै रात्रिकालिन कर्फ्यू लगाइएको हो ।

टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पेद्रो साञ्चेजले कोरोनाका कारण अतिरिक्त प्रतिबन्ध लगाउनु परेको बताए । अब स्पेनमा राति ११ देखि बिहान ६ बजेसम्म कर्फ्यू लागू हुनेछ ।

कोरोना संक्रमणकै कारण यसअघि पनि स्पेन सरकारले दुईपटक संकटकाल लगाइसकेको थियो । संकटकाल घोषणासँगै अब स्थानीय प्रशासनले कर्फ्यू तथा यात्रा प्रतिबन्ध लगायतका प्रतिबन्धहरु लगाउन सक्नेछ।

संकटकालसँगै जारी गरिएका नयाँ नियम १५ दिनदेखि ६ महिनाको लागि लागू हुन सक्नेछन् । संकटकाल लागेपछि त्यहाँको सरकारले संविधानमा सुनिश्चित गरिएका आवतजावत लगायतका स्वतन्त्रताका अधिकार समेतमा अस्थायी प्रतिबन्ध लगाउन सक्ने बताइएको छ।

स्पेनले संक्रमणको पहिलो लहरकै बेला विश्वमै कडा मानिएको लकडाउन लगाएको थियो ।

स्पेनमा अहिलेसम्म ११ लाख १० हजार भन्दा बढी मानिस संक्रमित हुँदा झण्डै ३५ हजार जनाको मृत्यु भैसकेको छ । यसैबीच इटालीले समेत आइतबारदेखि लागू हुने गरी थप प्रतिबन्धको घोषणा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *