विश्व प्रसिद्ध दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्षको निधन
९ कात्तिक, २०७७ सिउल । विश्वप्रसिद्ध दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन हिको निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेका उनको ७८ वर्षको उमेरमा राजधानी सिओलमा निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सामसुङले शोक विज्ञप्ति जारी गर्दै दिवंगत अध्यक्ष हिलाई सम्झिरहने जनाएको छ । लीले सन् १९ सय ८७ देखि २ हजार ८ र २ हजार १० देखि २ हजार २० सम्म कम्पनीको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
एक स्थानीय व्यवसायबाट सामसुङलाई विश्वको अग्रणी कम्पनी बनाएका ली दक्षिण कोरियाका सबैभन्दा धनी व्यवसायी हुन्। बिरामी भएपछि उनी एक वर्ष अघिदेखि अस्पतालमा भर्ना भएका थिए ।
उनको अनुपस्थितिमा उनका छोराले कम्पनी सम्हाल्दै आएका थिए । एक महिना अघि सेप्टेम्बर महिनामा सामसुङको सम्पत्ति २० अर्ब डलर मूल्याङ्कन गरिएको थियो।
प्रतिक्रिया