विदेश

आगामी महिना कोभिड १९को समस्या थप बढ्ने डब्ल्यूएचओको चेतावनी

हिमालय टिभी
२०७७ कार्तिक ८ गते १८:२३
आगामी महिना कोभिड १९को समस्या थप बढ्ने डब्ल्यूएचओको चेतावनी

८ कात्तिक, २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनामा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् ।

उनले महामारी नियन्त्रणका लागि ठोस कार्यक्रम ल्याउनका लागि देशहरुलाई आग्रह गरेका छन् । गेब्रेयसले विश्वमा कोभिड १९ को समस्या समाधान नभएको बरु कतिपय देशहरुमा अझै बढ्दै गएको भन्दै यो समस्या आगामी महिनामा थप बढ्ने बताएका छन् ।

विश्वका कतिपय देशका बढ्दो मात्रामा देखिएको महामारी हेर्दा पनि आगामी दिन थप समस्यग्रस्त हुनसक्ने भन्दै अहिले हामी महामारीको निकै समस्याको अवस्थामा रहेका बताएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको र विश्वका देशहरुले अकल्पनीय रुपमा समस्याहरुको सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए।

विश्वका देशहरुले सीमा बन्द गरेका कारण नागरिकको एक ठाउँबाट अर्को ठाउँमा आवत जावतमा समेत ठूलो समस्या भइरहेको भन्दै सुरक्षाका मापदण्डहरु अपनाएर यी समस्याको समाधान निकाल्न महासचिव गुटर्रेसले आग्रह गरेका छन् ।

कोरोना महामारीको समस्याबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउनसक्ने भएकोले त्यस विषयमा सोच्न आग्रह गरेको केही समयपछि यता विश्व स्वास्थ्य संगठनका महानिर्देशकको यो चेतावनी आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *