विदेश

लेबनानमा पूर्व प्रधानमन्त्री हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित

हिमालय टिभी
२०७७ कार्तिक ७ गते ८:१३
लेबनानमा पूर्व प्रधानमन्त्री हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित

७ कात्तिक, २०७७, लेबनान । लेबनानमा पूर्व प्रधानमन्त्री साद हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

निवर्तमान प्रधानमन्त्री मुस्तफा अडिबले गत सेप्टेम्बरमा राजीनामा दिएकाले हरीरीले फेरि प्रधानमन्त्री बन्ने मौका पाएका हुन् ।

लेबनानको राष्ट्रपतिको कार्यालयले हरीरीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र उनलाई मन्त्रिपरिषद् गठन गर्न आह्वान गरिएको जनाएको छ ।

यसअघि उनी दुई पटक प्रधानमन्त्री भइसकेका थिए। संसदका ६५ जनाले पक्षमा मतदान गरेका थिए । ५३ जना मतदानमा सहभागी भएनन् भने दुई जना अनुपस्थित रहे ।

यसअघि पनि सन् २ हजार १६ देखि हरीरीकै नेतृत्वमा सरकार गठन भएको थियो । सरकारविरुद्ध आन्दोलन भएपछि उनले २ हजार १९ को अक्टोबर १८ तारिखमा राजीनामा दिएका थिए ।

गएको जनवरीमा हसन डियबको नेतृत्वमा नयाँ सरकार बनेको थियो । तर, अगष्टमा राजधानी बेरुतमा भिषण बम विस्फोट भएपछि उनले राजीनामा दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *