विदेश

अमेरिकी सरकारद्वारा सर्च इन्जिन गुगलमाथि मुद्दा दायर

हिमालय टिभी
२०७७ कार्तिक ५ गते १३:४२
अमेरिकी सरकारद्वारा सर्च इन्जिन गुगलमाथि मुद्दा दायर

५ कात्तिक, २०७७ न्युयोर्क । अमेरिकी सरकारले इन्टरनेट सर्च इञ्जिन गुगुलमाथि मुद्दा दायर गरेको छ ।

एकाधिकार कायम गरेको भन्दै अमेरिकाले गुगलमाथि मुद्दा दायर गरेको हो । प्रतिस्पर्धा सम्बन्धी कानूनको उल्लंघन गरी इन्टरनेटमा हुने खोजी र अनलाइन विज्ञापनमा एकाधिकार कायम गरेको अमेरिकी आरोप छ ।

एक वर्षभन्दा बढी समयको अनुसन्धानपछि अमेरिकाको न्याय विभाग र ११ राज्यले संघीय अदालतमा मुद्दा दायर गरेका हुन् । गुगलले प्रत्येक वर्ष अर्बौं डलर विभिन्न ब्राउजर तथा मोबाइल फोनसहितका उपकरणमा गुगललाई डिफल्टका रुपमा इन्स्टल गर्नका लागि खर्च गर्ने गरेको मुद्दामा उल्लेख छ ।

यस्तो कार्यले गुगलको स्थान इन्टरनेटमा गेटकिपरको जस्तो भएको र यसले इन्टरनेटमा हुने खोजीमा उसको एकाधिकार कायम भएको उल्लेख छ ।

अमेरिकामा इन्टरनेटमा हुने खोजीको ८० प्रतिशत गुगलमार्फत हुने गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उता गुगलले भने उक्त मुद्दा गम्भीर र त्रुटीपूर्ण रहेको उल्लेख गरेको छ ।

कम्पनीले आफ्ना सबै सेवा पूर्णतः प्रतिस्पर्धात्मक रहेको र पहिलो प्राथमिकतामा जहिले पनि प्रयोगकर्ता नै रहने दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *