विदेश

विश्वमा कोरोना संक्रमण दर बढ्दो, एकैदिन ३ लाख ९८ हजार बढी संक्रमित

हिमालय टिभी
२०७७ असोज ३० गते ७:३२
विश्वमा कोरोना संक्रमण दर बढ्दो, एकैदिन ३ लाख ९८ हजार बढी संक्रमित

३० असोज, २०७७ काठमाडौं । पछिल्लो समय विश्वमा कोरोना संक्रमण दर बढिरहेको छ । पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै करिब चार लाखमा संक्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा विश्वभर ३ लाख ९८ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका हुन् । यसअघि अक्टोबर १० तारिखमा ३ लाख ७० हजारभन्दा बढीमा संक्रमण भएको थियो भने हिजो ३ लाख ८१ हजार संक्रमित थपिएका थिए ।

विश्वमा केही दिनयता दैनिक संक्रमण दर बढ्न थालेको छ । बिहीबार सबैभन्दा बढी अमेरिकामा ६४ हजार भन्दा बढी संक्रमित थपिए ।

त्यस्तै भारतमा थप ६० हजार तथा ब्राजिलमा २९ हजार भन्दा बढीमा संक्रमण भएको छ । अमेरिकामा संक्रमित संख्या ८२ लाख नाघ्दा भारतमा ७३ लाख ६५ हजार तथा ब्राजिलमा ५१ लाख भन्दा बढीमा संक्रमण भैसकेको छ ।

यस्तै बिहिबार विश्वभर ६ हजार भन्दा बढीको संक्रमणबाट मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी ८ सय ४९, भारतमा ८ सय ११ तथा ब्राजिलमा ७ सय ३४ जनाको मृत्यु भएको छ ।

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । त्यस्तै विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २ करोड ९३ लाख भन्दा बढी रहेको छ ।

संक्रमण दर बढेसँगै बेलायतले भरे रातिदेखि चरणवद्व लकडाउन गर्दै छ भने फ्रान्स, रसीया र जर्मनीमा पनि थप कडाइ गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *