विदेश

विश्वमा एकैदिन ३ लाख ८१ हजारभन्दा बढीमा कोरोना संक्रमण

हिमालय टिभी
२०७७ असोज २९ गते ७:५१
विश्वमा एकैदिन ३ लाख ८१ हजारभन्दा बढीमा कोरोना संक्रमण

२९ असोज, २०७७ काठमाडौं । पछिल्लो समय विश्वमा हालसम्मकै बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा विश्वभर ३ लाख ८१ हजार भन्दा बढी कोरोनाका संक्रमित थपिएका हुन् । यसअघि अक्टोबर १० तारिखमा हालसम्मकै धेरै ३ लाख ७० हजारभन्दा बढीमा संक्रमण भएको थियो ।

विश्वमा केही दिनयता दैनिक संक्रमण दर केही कमी आएपछि पछिल्लो समय संक्रमित संख्या फेरि बढ्न थालेका छन् । बुधबार सबैभन्दा बढी भारतमा ६७ हजार भन्दा बढी संक्रमित थपिए ।

त्यस्तै अमेरिकामा थप ५९ हजार तथा ब्राजिलमा २६ हजार भन्दा बढीमा संक्रमण भएको छ । अमेरिकामा संक्रमित संख्या ८१ लाख नाघ्दा भारतमा ७३ लाख तथा ब्राजिलमा ५१ लाखभन्दा बढीमा संक्रमण भैसकेको छ ।

यस्तै बुधबार विश्वभर ६ हजारभन्दा बढीको संक्रमणबाट मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी ९ सय ७०, ब्राजिलमा ७ सय १६ तथा भारतमा ६ सय ९४ जनाको मृत्यु भएको छ ।

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नजिक पुगेको छ । त्यस्तै विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २९ करोड भन्दा बढी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *