विदेश
बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून लागू हुँदै
२०७७ असोज २७ गते ७:३२

२७ असोज, २०७७, ढाका । बंगलादेशमा बलात्कारमा संलग्नलाई मृत्युदण्डसम्मको सजाय हुने सक्ने भएको छ ।
बंगलादेशमा कानून संशोधन गरी बलात्कारको अपराधमा अधिकतम सजायका रूपमा मृत्युदण्ड दिन सकिने प्रावधान राखिएको हो ।
कानूनमन्त्री अनिसुल हकले संशोधित कानून राष्ट्रपतिबाट आज जारी हुने र तत्काल लागू हुने बताउनुभएको छ ।
गत हप्ता एक महिलाको सामूहिक बलात्कार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोध प्रदर्शन शुरु भएको थियो ।
त्यसपछि प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले कानून संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशबाट नयाँ कानून ल्याउने निर्णय गरेको थियो ।
प्रतिक्रिया