विदेश

भारत–चीन सीमा लद्दाखमा उत्पन्न तनाव कम गर्न आज सैन्य अधिकारीबीच वार्ता

हिमालय टिभी
२०७७ असोज २६ गते ९:०९
भारत–चीन सीमा लद्दाखमा उत्पन्न तनाव कम गर्न आज सैन्य अधिकारीबीच वार्ता

२६ असोज, २०७७ काठमाडौं । भारत र चीनको सीमा पूर्वी लद्दाखमा जारी तनाव अन्त्यका लागि आज दुई देशका सैनिकबीच सातौं चरणको वार्ता हुँदैछ।

भारत(चीनबीच सैन्य कमाण्डरस्तरमा सीमा क्षेत्र पूर्वी लद्दाखमै वार्ता हुने भारतबाट प्रकाशन हुने अंग्रेजी पत्रिका द टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।

सीमा वार्तामा पहिलोपटक चीनका उच्च कूटनीतिक प्रतिनिधि पनि सहभागी हुने जनाइएको छ । चिनियाँ प्रतिनिधिमण्डलमा विदेश मन्त्रालयका अधिकारी र राजनीतिक प्रतिनिधि सहभागी हुने बताइएको छ ।

गत सेप्टेम्बर २१ मा भएको छैटौं चरणको वार्तामा भारतका तर्फबाट एक वरिष्ठ कूटनीतिज्ञ र संयुक्त सचिव सहभागी भएका थिए। यसअघि सेप्टेम्बर १० मा रुसको मस्कोमा भारतीय विदेशमन्त्री एस जयशंकर र चीनका विदेशमन्त्री वाङ्ग यीबिच वार्ता भएको थियो ।

वार्तामा पाँच बुँदे सहमति भएको भनिएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । गत जुन १५ मा पूर्वी लद्दाखमा दुई देशका सेनाबीच झडप हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । चीनतर्फको क्षति बारे चीनले आधिकारीकरुपमा केही जानकारी दिएको छैन।

त्यसयता सीमामा दुई देशबीच बढेको द्बन्द्ब पटक पटकको वार्ता पश्चात पनि समाधान हुन सकेको छैन। भारतले चीनमाथि सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *