विदेश

उत्तर कोरियाली कम्युनिष्ट पार्टी स्थापनाको वार्षिकोत्सवमा विशाल सैन्य परेड

हिमालय टिभी
२०७७ असोज २५ गते ७:४६
उत्तर कोरियाली कम्युनिष्ट पार्टी स्थापनाको वार्षिकोत्सवमा विशाल सैन्य परेड

२५ असोज, २०७७ प्योङयाङ । उत्तर कोरियामा सत्ताधारी वर्कर्स पार्टीको ७५ औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेड गरिएको छ ।

सर्वोच्च नेता किम जोङ उनको उपस्थितीमा उत्तर कोरियाले रातिको समयमा दुर्लभ सैन्य परेडको आयोजना गरेको हो । नेता किमले दुश्मनका सेनाहरुले आणविक खतराका साथै विभिन्न चुनौती थपेको बताउँदै आफ्नो युद्ध क्षमताको सुदृढीकरण जारी राख्ने बताए ।

परेडमा कोरियाले सार्वजनिक गरेका अत्याधुनिक हतियारमध्ये अमेरिकासम्म पुगेर आक्रमण गर्नसक्ने अन्तरमहादेशीय क्षेप्यास्त्र आइसीबीएम विशेष भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ आइसीबीएम सार्वजनिक गरिनुको अर्थ उत्तरले अमेरिकालाई स्पष्ट रुपमा चेतावनी दिएको विश्लेषकहरु बताउँछन्। उत्तर कोरियाले आफूले सन् २ हजार १८ को क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौतालाई पालना गरेपनि अमेरिकाले शर्त पूरा नगरेको आरोप लगाउँदै आएको छ।

२ हजार १८ र २ हजार १९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेता उनबीच दुई पटक शिखर वार्ता भएपनि कुनै निष्कर्ष दिएको थिएन। अमेरिकाले विस्तारै प्रतिबन्ध फुकुवा गर्दै लाने बताएको छ ।

तर उत्तरले एकैपटक पूर्ण प्रतिबन्ध चाहेकाले सम्झौता नभएको अमेरिकी अधिकारीहरु बताउँछन्। तर आफूले सम्झौताको पालना गर्दै हतियार परीक्षणलाई रोकेपनि अमेरिकाले आफूमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गर्न आनाकानी गरेको उत्तरको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *