विश्वमा एकैदिन ३ लाख ५३ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

२४ असोज, २०७७ काठमाडौं । पछिल्लो समय विश्वमा हालसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् ।
बितेको २४ घण्टामा विश्वभर ३ लाख ५३ हजार भन्दा बढी कोरोनाका संक्रमित थपिएका हुन् । यसअघि हिजो एकैदिन सबैभन्दा बढी ३ लाख ४९ हजारभन्दा बढीमा संक्रमण भएको थियो ।
विश्वमा केही दिनयता दैनिक संक्रमण दर केही घटेपछि पछिल्लो समय संक्रमित संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी भारतमा ७३ हजार भन्दा बढी संक्रमित थपिए ।
यस्तै केही समय संक्रमण दर केही कम देखिएको अमेरिकामा संक्रमित संख्या फेरि बढ्न थालेको छ ।
अमेरिकामा थप ६० हजार तथा ब्राजिलमा २७ हजार भन्दा बढीमा संक्रमण भएको छ । अमेरिकामा संक्रमित संख्या ७९ लाख नजिक पुग्दा भारतमा ६९ लाख तथा ब्राजिलमा पचास लाख भन्दा बढीमा संक्रमण भैसकेको छ ।
यस्तै शुक्रबार विश्वभर ५ हजार भन्दा बढीको संक्रमणबाट मृत्यु भएको छ । भारतमा सबैभन्दा बढी ९ सय २९, अमेरिकामा ९ सय ४ तथा ब्राजिलमा ६ सय ५८ जनाको मृत्यु भएको छ ।
विश्वमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ७२ हजार नाघेको छ ।
प्रतिक्रिया