विदेश
राष्ट्रपति ट्रम्पको विवादास्पद स्ट्याटस फेसबुकले हटायो
२०७७ असोज २१ गते ७:५३

२१ असोज, २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादस्पद स्ट्याटसलाई सामाजिक सञ्जाल फेसबुकले हटाएको छ ।
राष्ट्रपति ट्रम्पले कोरोनाभन्दा अमेरिकामा हुने सिजनल फ्लू खतरनाक भएको भन्दै लेखेको स्ट्याटस फेसबुकले हटाएको हो । ट्रम्पले उक्त भनाइ भ्रममा पार्ने खालको रहेको फेसबुकको भनाइ छ ।
ट्रम्पको पोष्टले फेसबुकको कोभिड–नाइन्टिनबारे गलत सूचनासम्बन्धी नीति उल्लंघन गरेको बताउँदै हटाइएको फेसबुकका प्रवक्ता एन्डी स्टोनले जानकारी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले आफू कोरोना संक्रमण भएर ठिक हुने क्रममा रहेका फ्लूको सिजन आउँदै गरेको र भ्याक्सिन हुँदा पनि हरेक बर्ष एक लाखभन्दा बढी फ्लूबाट मर्ने गरेको लेखेका थिए । यसअघि गत अगष्टमा पनि फेसबुकले ट्रम्पको एउटा स्ट्याटस हटाएको थियो ।
प्रतिक्रिया