विदेश

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिने

हिमालय टिभी
२०७७ असोज २० गते १७:०१
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिने

२० असोज, २०७७, स्वीडेन । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिका, जर्मनी र बेलायतका वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ ।

रोयल स्वीडिस एकेडेमी अफ साइन्सले बेलायतका रोजर पेनरोज, जर्मनीका रेनहार्ड गेन्जेल र अमेरिकाकी एन्द्रेया घेजलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

ब्ल्याकहोल र सापेक्षतावादको सिद्धान्तको अन्तर्सम्बन्ध पत्ता लगाउने बेलायती वैज्ञानिक रोजर पेनरोजलाई आधा (५० प्रतिशत) र ग्यालेक्सीबारे अध्ययन गरेका गेन्जेल र घेजलाई बाँकी आधा (२५–२५ प्रतिशत) गरी संयुक्तरुपमा तीन जनालाई यो पुरस्कार प्रदान गरिएको हो ।

यसअघि हिजो चिकित्सा शास्त्रतर्फको नोबल पुरस्कार दुई अमेरिकी र एक वेलायती गरी संयुक्त रुपमा तीन जना बैज्ञानिकलाई नै दिने निर्णय गरिएको थियो ।

अब रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र विधाको नोबेल पुरस्कार घोषणा हुन बाँकी छ । यसअघि विशेष कार्यक्रम गरेर नोबेल पुरस्कार प्रदान गर्ने प्रचलन थियो । तर, कोरोना भाइरसका कारण यो पटक कुनै समारोह हुनेछैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *