विदेश

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट डिस्चार्ज

हिमालय टिभी
२०७७ असोज २० गते ७:२१
कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट डिस्चार्ज

२० असोज, २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना संक्रमणपश्चात स्वास्थ्यमा समस्यापछि राष्ट्रपति ट्रम्प वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका थिए । डिस्चार्ज भएलगत्तै उनले चाँडै चुनावी अभियानमा सहभागी हुने बताएका छन् ।

उनले ट्वीटमार्फत कोरोना भाइरसबाट नडराउन र यसबाट आफ्नो जीवनलाई प्रभावित वा दब्न नदिन समर्थकलाई भनेका छन् ।

उता उनको स्वास्थ्य अवस्थाको गम्भीरतालाई लिएर विवादित वक्तव्य जारी हुने गरेका कारण अझै पनि अन्यौलता कायमै छ ।

यस्तै ह्वाइट हाउसमा कति जनालाई संक्रमण फैलिएको छ भन्ने पनि स्पष्ट नभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो पटक सार्वजनिक मत सर्वेक्षणमा ट्रम्प डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन भन्दा १४ अंकले पछि परेको देखिएको छ ।

अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ। कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म ७ करोड ६७ लाख भन्दा बढीमा संक्रमण पुष्टि हुँदा दुई लाख १५ हजार भन्दा बढी मानिसको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *