विदेश

भारतमा एक घण्टामै कोरोना पत्ता लगाउने प्रविधिको विकास

हिमालय टिभी
२०७७ असोज १९ गते ९:२०
भारतमा एक घण्टामै कोरोना पत्ता लगाउने प्रविधिको विकास

१९ असोज, २०७७ नयाँ दिल्ली । भारतमा एक घण्टामै कोरोना संक्रमण भए नभएको पत्ता लाग्ने प्रविधिको विकास भएको छ ।

भारतीय वैज्ञानिकको एक समूहले सस्तो र छिटो परिणाम दिने कोरोना भाइरसको परीक्षण गर्ने प्रविधिको विकास गरेका हुन् ।

उक्त प्रविधिले गर्भ रहे नरहेको परीक्षण गर्ने प्रेग्नेन्सी टेष्ट किट जस्तै र त्यति नै छिटो परिणाम आउने वैज्ञानिकहरुको दाबी छ। प्रविधिको विकास अनुवांशिक सम्पादन प्रविधि सम्बन्धी वैज्ञानिकहरुको संस्था किस्परले निर्माण गरेको हो ।

फिलुदा नाम दिइएको उक्त परीक्षण प्रविधि मार्फत् कोरोना पोजेटिभ भए नभएको एक घन्टाभित्र थाहा हुने र यसको शुल्क भारतीय रुपैया पाँच सय मात्रै पर्ने भारतीय सञ्चार माध्यमले बताएका छन्।

फिलुदा भारतको प्रतिष्ठित व्यापारिक घराना टाटाले विकास गरेको हो । यसका साथै यो विश्वमै पहिलोपटक कागजबाट बनेको कोभिडनाइन्टिनको परीक्षण प्रविधि समेत हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *