विदेश

कोरोना संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

हिमालय टिभी
२०७७ असोज १७ गते ७:५२
कोरोना संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

१७ असोज, २०७७ न्युयोर्क । कोरोना संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन्।

संक्रमण पुष्टि भएको २४ घण्टा नपुग्दै राष्ट्रपति ट्रम्पलाई उपचारका लागि अस्पताल भर्ना गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पलाई उपचारका लागि वाल्टर रीड नेशनल मिलिट्री मेडिकल सेन्टर लगिएको जनाएको छ। ज्वरो बढेको कारण सावधानी स्वरुप ट्रम्पलाई अस्पताल लगिएको ह्वाइट हाउसको भनाइ छ।

शुक्रबार आफू र प्रथम महिला मिलानिया ट्रम्पको कोभिड(नाइन्टिन परीक्षण पोजेटिभ आएको ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए। ह्वाइट हाउसले ट्रम्पले धकान महसुस गरेको भएपनि उनको आत्मबल राम्रो रहेको बताएको छ ।

ट्रम्पमा संक्रमणको मध्यम लक्षण देखिएको बताइएको छ । अमेरिकामा आउने नोभेम्बर महिनामा राष्ट्रपति चुनाव हुँदैछ । उता राष्ट्रपतिका डेमोक्र्याटिक उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेनको परीक्षण नेगेटिभ आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *