Main News

बिरामीले उपचार नपाएर मृत्यु भएको भन्दै वीरगञ्जमा अस्पताल घेराउ र तोडफोड

हिमालय टिभी
२०७७ साउन २५ गते १४:१२
बिरामीले उपचार नपाएर मृत्यु भएको भन्दै वीरगञ्जमा अस्पताल घेराउ र तोडफोड

२५ साउन, २०७७ पर्सा । वीरगञ्जमा अस्पतालको चक्कर काट्दाकाट्दै मृत्यु भएकी २० वर्षीया युवतीका परिवार र स्थानीय बासिन्दाले नारायणी अस्पतालमा घेराउ र तोडफोड गरेका छन् ।

अस्पतालको भवनमा भवनमा मेडिकल एशोसिएसनको बैठक बसिरहेका बेला मृतकका आफन्तले अस्पतालका गाडी तोडफोड गरेका हुन् ।

वीरगञ्जका कुनै पनि अस्पतालले बिरामी भर्ना नगरेको कारण अकालमै युवतीको मृत्यु भएकाले ती अस्पताललाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

उनीहरुले पर्साका कुनै पनि नागरिकले उपचार नपाएर मर्नुपर्ने स्थिति नआओस् भनेर आफूहरु कोरोनाको त्रासमा पनि प्रदर्शनमा उत्रिनु परेको बताएका छन् ।

शुक्रबार राती अस्पताल चहार्दा चहार्दै २० वर्षकी महिलाको टेम्पुमा नै मृत्यु भएको थियो । ती युवतीलाई कोरोना संक्रमणको आशंकामा कुनै पनि अस्पतालले भर्ना गरेका थिएनन् ।

हिजो मृत्युपछि गरिएको नमूना परीक्षणामा भने ती युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जमा उपचार नपाएर मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

उपचार गर्न अस्पताल डुलाउँदाडुलाउँदै बिरामीको गयो ज्यान, यसो भन्छन् आफन्त (भिडियोसहित)

ज्वरो आएकी युवतीलाई वीरगञ्जका कुनै पनि अस्पतालले भर्ना नगर्दा गयो ज्यान

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *