Main News

वीरगञ्जमा उपचार नपाएर मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

हिमालय टिभी
२०७७ साउन २५ गते १२:५६
वीरगञ्जमा उपचार नपाएर मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

२५ साउन, २०७७ पर्सा । वीरगञ्जमा उपचार नपाएर मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट उनमा संक्रमण पुष्टि भएको हो । ज्वरो आएकी र शास फेर्न समस्या भएकी पर्साकी ती युवतीको गत शुक्रबार राति अस्पताल घुमाउँदा घुमाउँदै मृत्यु भएको थियो ।

वीरगञ्ज२ छपकैयाकी विष्णु लामाको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उपचारका लागि वीरगञ्ज लगेका थिए । तर वीरगञ्जका कुनै पनि अस्पतालले उनलाई भर्ना लिन मानेनन् ।

जसका कारण टेम्पुमा अस्पताल घुमाउँदा घुमाउँदै उनको मृत्यु भएको थियो । योसँगै साउनमा मात्रै पर्सामा कोरोनाबाट मर्नेको संख्या १७ पुगेको छ ।

यसबाहेक एक वेवारिसे शवमा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो । त्यस्तै बाराका २ जना र रौतहटका १ जनाको कोरोना संक्रमणबाट वीरगञ्जमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *