Main News

उपचार गर्न अस्पताल डुलाउँदाडुलाउँदै बिरामीको गयो ज्यान, यसो भन्छन् आफन्त (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २४ गते १९:२४
उपचार गर्न अस्पताल डुलाउँदाडुलाउँदै बिरामीको गयो ज्यान, यसो भन्छन् आफन्त (भिडियोसहित)

२४ साउन, २०७७ पर्सा । कोरोना संक्रमण बढेका ठाउँका बासिन्दा अरु नै रोग लागे पनि उपचार नपाएर मर्नु पर्ने स्थिति देखिएको छ । वीरगञ्जमा शुक्रबार मध्यराती अस्पतालको चक्कर लगाउँदालगाउँदै २० वर्षकी युवतीले ज्यान गुमाउनु परेको छ ।

पर्साको छपकैयाकी २० वर्षीया विष्णु लामालाई घरमै बसेका बेला ज्वरो आउने र श्वास प्रस्वासमा समस्या भयो । उहाँले जचाएर डाक्टरले दिएको औषधि खाइरहनु भएको थियो । तर शुक्रबार बेलुकी उहाँलाई गाह्रो भयो । आफन्तले गाउँकै एउटा टेम्पुमा हालेर उपचारका लागि वीरगञ्ज पुर्‍याए ।

आधारातमा टेम्पुमा राखेर बिरामीलाई वीरगञ्जका अस्पताल–अस्पतालमा गोलचक्कर गराएका आफन्तले बिरामी भर्ना गरेर पसिना पनि पुछ्न पाएका थिएनन् डाक्टरले पहिले नै बिरामीको मृत्यु भइसकेको भनेर दुःखको खबर सुनाए । विष्णुले टेम्पुमा अस्पतालको चक्कर काट्दा काट्दै कतिबेला अन्तिम सास फेर्नुभयो पत्तो भएन । छपकैयाबाट परिवारले जतिखेर अस्पताल लगेका थिए । शुरुमा नै भर्ना गर्न सकेको भए विष्णुको ज्यान बच्न सक्थ्यो ।

छपकैयाबाट जे सोचेर लामालाई वीरगञ्ज लगिएको थियो त्यस्तो भएन । छटपटाइरहेकी विष्णुलाई वीरगञ्जका कुनै पनि अस्पतालले भर्ना लिन मानेनन् र उहाँले टेम्पुमा नै अन्तिम सास फेर्नुभयो ।

सुरुमा बिरामीलाई वीरगञ्जको एडभान्स अस्पताल लगिएको थियो । एडभान्सले आईसीयूमा राखेर उपचार गर्नुपर्ने तर आफ्नोमा खाली नभएको भन्दै भर्ना गर्न मानेन । त्यसपछि गण्डकस्थित बयोधा अस्पताल लगियो तर त्यहाँबाट समेत फर्काइयो ।

बयोधाबाट फर्केपछि बिरामीलाई आफन्तले तराई अस्पतालमा पुर्‍याए । त्यहाँ पनि स्वास प्रस्वासमा समस्या छ भनेपछि आइसीयू नभएको भन्दै गेटबाटै फर्काइयो । केही उपाय नलागेपछि बिरामीलाई भवानी मेडिकलमा लगियो । त्यहाँ सटर बन्द थियो । भित्रबाट एक कर्मचारीले उपचार नहुने भन्दै फर्काए । नारायणी अस्पतालले पनि भर्ना नगरेपछि गण्डकस्थित वीरगञ्ज हेल्थ केयरमा लगियो । त्यहाँ कोरोनाका बिरामीलाई मात्रै भर्ना गरिन्छ भनेर फर्काइयो ।

अस्पताल चहार्दाचहार्दै मध्यरात भइसकेको थियो । बिरामीको अवस्था झनै गम्भीर भयो । त्यसपछि छपकैयाकै पत्रकार अजितकुमार भुजेलले फेसबुकमा बिरामीको उपचार हुन नसकेको भन्दै स्टाटस लेख्नुभयो ।

त्यसपछि जनता समाजवादी पार्टी वीरगञ्जका सचिव तबरेज अहमदले यसबारे चासो राख्नुभयो । भनसुन गरेर गण्डक कोभिड अस्पतालमा बिरामी भर्ना गरियो ।

आधारातमा टेम्पुमा राखेर बिरामीलाई वीरगञ्जका अस्पताल–अस्पतालमा गोलचक्कर गराएका आफन्तले बिरामी भर्ना गरेर पसिना पनि पुछ्न पाएका थिएनन् डाक्टरले पहिले नै बिरामीको मृत्यु भइसकेको भनेर दुःखको खबर सुनाए ।

विष्णुले टेम्पुमा अस्पतालको चक्कर काट्दा काट्दै कतिबेला अन्तिम सास फेर्नुभयो पत्तो भएन । छपकैयाबाट परिवारले जतिखेर अस्पताल लगेका थिए । शुरुमा नै भर्ना गर्न सकेको भए विष्णुको ज्यान बच्न सक्थ्यो ।

तर कोरोनाको त्रासले स्वास्थ्य संस्थामा अहिले आम नागरिकले सहज रुपमा उपचार पाउन सकेका छैनन् । र विष्णुले जस्तै गरी अकालमा ज्यान गुमाउनु परिरहेको छ । यस्तो अवस्था अन्त्यका लागि सरकारी निकायले भने कुनै प्रयास गरेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *