Main News

ज्वरो आएकी युवतीलाई वीरगञ्जका कुनै पनि अस्पतालले भर्ना नगर्दा गयो ज्यान

हिमालय टिभी
२०७७ साउन २४ गते १३:०७
ज्वरो आएकी युवतीलाई वीरगञ्जका कुनै पनि अस्पतालले भर्ना नगर्दा गयो ज्यान

२४ साउन, २०७७ पर्सा । ज्वरो आएकी र स्वास फेर्न समस्या भएकी पर्साकी एक युवतीको मृत्यु भएको छ ।

छपकैयाकी २० वर्षीय विष्णु लामाको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उपचारका लागि वीरगञ्ज लगेका थिए । तर वीरगञ्जका कुनै पनि अस्पतालले विरामीलाई भर्ना लिन मानेनन् ।

जसका कारण टेम्पुमा अस्पताल घुमाउँदाघुमाउँदै युवतीको गएराती टेम्पुमा नै निधन भयो ।

सुरुमा विरामीलाई वीरगञ्जको एडभान्स अस्पताल लगिएको थियो। त्यहाँ उपचारका लागि आइसीयू खाली नभएको भन्दै अस्पतालले भर्ना गर्न मानेन । त्यसपछि गण्डकस्थित बयोधा अस्पताल लगिए पनि त्यहाँबाट समेत फर्काइयो ।

बयोधाबाट फर्केपछि बिरामीलाई वीरगञ्जकै अर्को एक निजी अस्पताल तराई अस्पतालमा लगे। त्यहाँ पनि स्वास प्रस्वासमा समस्या छ भनेपछि आइसीयू नभएको भन्दै गेटबाटै फर्काइएको थियो ।

त्यसपछि बिरामी वीरगञ्जकै भवानी मेडिकलमा लगियो । त्यहाँ सटर बन्द थियो । भित्रबाट एक कर्मचारीले उपचार नहुने भन्दै फर्काए। त्यसपछि नारायणीमा पनि भर्ना नगरिएपछि वीरगञ्ज हेल्थ केयरमा लगियो ।

त्यबाट पनि फर्काएर गण्डकस्थित वीरगञ्ज हेल्थ केयरमा लगियो । त्यहाँ पनि बिरामीलाई भर्ना गर्न मिल्दैन कोरोनाका बिरामीहरुलाई मात्रै भर्ना गरिन्छ भनेर फर्काइयो ।

पछि धेरै भनसुन गर्दा गण्डक कोभिड अस्पतालले भर्ना गरेपनि लगत्तै डाक्टरले विरामीलाई मृत घोषित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *