भूकम्प

ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

२७ माघ २०७७ ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा...

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का

१९ माघ २०७७ बैतडी । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज विहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिनुभयो । उक्त भूकम्प...

आज २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

२ माघ २०७७ काठमाडौं । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ...

क्रोएसियामा शक्तिशाली भूकम्प, सात जनाको मृत्यु

१५ पुस २०७७ क्रोएसिया । क्रोएसियामा शक्तिशाली भूकम्पका कारण मृत्यु हुने मानिसको संख्या ७ पुगेको छ । भूकम्प जाँदा अहिलेसम्म ७ जनाको मृत्यु भएको र कैयन् मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी जारेबदेखि दक्षिणपूर्वी पेट्रिन्जा शहर...

टर्की र ग्रीसमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या २२ पुग्यो

१५ कात्तिक, २०७७ टर्की । टर्की र ग्रीसमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुने संख्या २२ पुगेको छ । शक्तिशाली भूकम्पका कारण अहिलेसम्म टर्कीमा २० र ग्रीसमा २ जनाको मृत्यु भएको छ । भूकम्पबाट सबैभन्दा बढी प्रभावित टर्कीको इजमिर प्रान्तको...

यस्तो रह्यो विनाशकारी भूकम्पले भत्काएको रानीपोखरी र दरबार हाइस्कूल उद्घाटन (फोटो फिचरसहित)

५ कात्तिक, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएपछि बुधबार राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति...

भालुबाङमा भूकम्प तथा बाढीपहिरो जोखिमसम्बन्धी अध्ययन शुरु (भिडियोसहित)

३० असोज, २०७७, नेपालगञ्ज । लुम्बिनी प्रदेशको राजधानी तोकिएको दाङको भालुबाङ्ग क्षेत्रमा भौगोलिक अध्ययन थालिएको छ । त्रिभुवन विश्वविद्यालयका भूर्भशास्त्रीसहितको टोलीले भूकम्प, बाढी पहिरो लगायतका जोखिम पत्ता लगाउन अध्ययन थालेको हो । त्रिभुवन विश्वविद्यालयका भूर्भशास्त्रीसहितको टोली प्रदेश ५ को...

विपदबाट प्रभावित भएका लाभग्राहीले पनि भूकम्प पीडितले सरह अनुदान पाउने

२१ असोज, २०७७ काठमाडौं । विपदबाट प्रभावित भएका लाभग्राहीले पनि भूकम्प पीडितले सरह अनुदान पाउने भएका छन् । सरकारले त्यससम्बन्धी कार्यविधि निर्माणलाई अन्तिम चरणमा पुर्याएको छ । प्रस्तावित ‘विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापन अनुदान कार्यविधि २०७७’ मा...

एकाबिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

३१ भदौ, २०७७ काठमाडौं । २०७२ सालको विनासकारी भुकम्पले थिलोथिलो भएर पटक पटक पहिरोको चपेटामा परेको सिन्धुपाल्चोकमा एकाविहानै ठूलो भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर विहान छ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले...