पर्यटक

पर्यटकको प्रतीक्षामा बुद्ध जन्मस्थल, तीन महिनामा ५७ जना मात्रै तेस्राे मुलुकका पर्यटक (भिडियो रिपोर्टसहित)

११ फागुन २०७७ बुटवल । कोरोना महामारीका कारण ठप्प रहेको बुद्ध जन्मस्थल लुम्बिनीमा अझै पर्यटक आगमनमा सुधार आउन सकेको छैन । लुम्बिनी विकास कोषले मंसिर ३ गतेदेखि लुम्बिनी क्षेत्र पर्यटकका लागि खुला गरेको थियो । तर, पर्यटकको आवागमन भने...

आन्तरिक पर्यटकको रोजाइमा पातीहाल्ना

२९ माघ २०७७ रुकुमपूर्व । रुकुम (पूर्व) र बागलुङ दुई जिल्लाको सिमानामा पर्ने पातीहाल्ना पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ । दुई जिल्लाको सङ्गम उक्त ठाउँमा अहिले आन्तरिक पर्यटकको ओइरो नै लाग्ने गरेको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको...

पर्यटकको पखाईमा इलाम र पाँचथरको सीमामा रहेको मनोरम छिन्तापु (भिडियो रिपोर्टसहित)

२४ माघ २०७७ पाँचथर । घुम्नका लागि अनेकन प्राकृतिक सम्पदाले सम्पन्न इलाम र पाँचथरको सिमानामा रहेको छिन्तापु क्षेत्रले विकास र प्रचार कुरिरहेको छ । मनमोहक दृष्य, अनेकन पोखरी रहेको यो क्षेत्र प्राकृतिक रुपमा मनोरम छ । इलाम र पाँचथरको...

पर्यटकको प्रतिक्षामा पूर्वका आकर्षक पर्यटकीय गन्तव्य (भिडियोसहित)

२ माघ २०७७ विराटनगर । प्रदेश १ का पर्यटकीय गन्तव्यमा पछिल्लो समय आन्तरिक पर्यटकको उपस्थिति पातलो हुँदै गएको छ । कोरोना महामारीका कारण लामो समयसम्म शिथिल अवस्थामा रहेका पर्यटकीय गन्तव्यलाई चलायमान बनाउने प्रयास गरिरहँदा पर्यटकको आवागमन भने न्यून छ...

आन्तरिक पर्यटक आकर्षित गर्दै ‘मौला कालिका’

२६ पुस २०७७ नवलपुर । कोरोना भाइरसका कारण करिब नौ महिना सुनसान बनेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौला कालिका मन्दिरमा धार्मिक पर्यटकको चहलपहल शुरु भएको छ । गत पुस १ गतेदेखि मन्दिरमा सर्वसाधारणका लागि पूजा खुला गरिएपछि मन्दिरमा...

पर्यटक आगमनमा ८० प्रतिशत गिरावट

१९ पुस २०७७ काठमाडौं । सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट एक लाख ८३ हजार १३० तथा स्थलमार्ग...

बन्दाबन्दीपछि पर्यटकले भरियो कालिञ्चोक

१९ पुस २०७७ चरिकोट । कोभिडका कारण पर्यटकीय चहलपहल सुनसान भएसँगै निरास बनेका जिल्लाका अधिकांश व्यवसायी अहिले विस्तारै उत्साही देखिन थालेका छन् । बन्दाबन्दीले सुनसान बनेको दोलखाको विभिन्न पर्यटकीय गन्तव्यमध्ये अहिले कालिञ्चोक क्षेत्र पर्यटकले भरिभराउ भएको छ । वार्षिक...

अङ्ग्रेजी नयाँ वर्षसँगै पर्यटकले भरिए धुलिखेल

१८ पुस २०७७ बनेपा । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को आगमनसँगै आन्तरिक पर्यटकले धुलिखेलका होटल भरिभराउ भएका छन् । कोरोना भाइरस सङ्क्रमणको प्रभावले लामो समयदेखि प्रायः सुनसान बनेको काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेलका होटलमा नयाँ वर्ष मनाउन आउनेको सङ्ख्यामा...

दाङको छिल्लीकोटमा बनेको भ्यू टावरप्रति आन्तरिक पर्यटकको आकर्षण (भिडियोसहित)

१४ पुस २०७७ दाङ । नेपालमा पछिल्लो समयमा भ्यु टावर बनाउने लहर चलेको छ । नेपालको बाइसे चौबीसे राज्यको ऐतिहासिक र धार्मिक आस्था रहेका कारण प्रसिद्ध रहेको छिल्लीकोटमा भ्यु टावर निर्माणसँगै आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । दाङको...

‘दिदीबहिनी’ झरनामा आन्तरिक पर्यटकको लर्को

५ पुस २०७७ इलाम । विदाको समयमा घुम्न कहाँ जाने ? सदरमुकाम नजिकका बासिन्दाको मुखमा आउँछ–दिदीबहिनी झरना । जिल्लामा प्रशस्त पर्यटकीय/रमणीय क्षेत्र छन् । श्रीअन्तु, माईपोखरी, सन्दकपुर, पानीटार, गजुरमुखीलगायत । एकैदिन भ्रमण गरेर फर्किन सकिने र कम खर्चमै पुगिने...