स्वर्गकी अप्सरा रारा ! पर्यटकलाई सुविधा र पूर्वाधारको अभाव (भिडियो रिपोर्टसहित)

२०८० असार २० गते १७:५६
स्वर्गकी अप्सरा रारा ! पर्यटकलाई सुविधा र पूर्वाधारको अभाव (भिडियो रिपोर्टसहित)

२० असार २०८० मुगु । स्वर्गकी अप्सरा उपमा पाएको नेपालको सबैभन्दा ठूलो ताल रारा पुग्ने बित्तिकै जो कोही पर्यटकको मुखबाट निस्किने शब्द हो, आहा रारा ।

विकट जिल्ला मुगुमा रहेको यो तालमा घुम्न जाने पर्यटकको संख्या बढ्दो छ । तर, आवस्यक सुविधा र पूर्वाधारको अभावमा रारा पुग्ने पर्यटक छोटो समयमै फर्किने गरेका छन् ।

रारा तालको रंग समयअनुसार परिवर्तन हुन्छ । कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक त कहिले खैरो । भनिन्छ, एकै दिनमा राराको रंग नौ पटक परिवर्तन हुन्छ । अनि सिन्जे र कान्जिरोवा हिमालको छायाँ तालमा परावर्तन भएपछि देखिने अलौकिक दृष्यले पर्यटकको मुखबाट अनायासै निस्किन्छ, आहा रारा ।

पछिल्लो समय यहाँ घुम्न आउने पर्यटकको संख्या बढिरहेको छ । बाह्यभन्दा आन्तरिक पर्यटकले राराको पर्यटन व्यावसाय चलायमान बनाएको छ । तर, आवस्यक सुविधा र पूर्वाधारको कमीले गर्दा पर्यटक सन्तुष्ट छैनन् ।

रारा घुम्न फागुनदेखि असार अन्तिमसम्म र असोजदेखि मंसिर महिनासम्म उपयुक्त मौसम मानिन्छ । गत फागुनदेखि असारसम्म रारा घुम्न जाने पर्यटकको संख्या बढेपनि अघिल्लो वर्षको तुलनामा भने घटेको छ ।

कर्णाली राजमार्ग खराब छ । मुगुको ताल्चा विमानस्थलमा पनि नियमित उडान छैन । रारा पुग्नका लागि व्यवस्थित यातायातको साधन नहुँदा पर्यटकको संख्या उल्लेख्य रुपमा बढेको छैन । त्यसमाथि पर्यटकका लागि सेवा सुविधा गतिलो नहुँदा पर्यटकले सास्ती भोग्नु परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *