पर्यटकको आतिथ्यका लागि तयारी अवस्थामा मुर्मा गाउँ (भिडियो रिपोर्टसहित)

२०८० साउन १९ गते १६:५५
पर्यटकको आतिथ्यका लागि तयारी अवस्थामा मुर्मा गाउँ (भिडियो रिपोर्टसहित)

१९ साउन २०८० मुगु । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यभित्र पर्छ, रारा ताल । दैनिकजसो रारा हेर्न, देश तथा विदेशका पर्यटक पुग्छन् । तर, राराको उत्कृष्ट दृष्य हेर्न मुर्मा र मुर्माटप पुग्नुपर्छ ।

पर्यटकको आवागमन बढ्न थालेपछि मुर्मा गाउँमा पर्यटकका लागि होटल तथा होमस्टे बन्न थालेका छन् । नागरिकहरु पर्यटकको आतिथ्यका लागि तयारी अवस्थामा छन् ।

रारा तालबाट १५ मिनेटको पैदल दूरीमा रहेको मुर्मा गाउँ पुग्न सकिन्छ । समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाईमा रहेको मुर्मामा मुगुको कला, संस्कृति, स्थानीय परिकार र मनोरम दृश्यको अनुभव गर्न पाइन्छ । ६७ घरधुरी रहेको मुर्मामा अहिले होमस्टे बनाउने लहर नै चलेको छ । पर्यटकलाई न्यानो आतिथ्य दिन मुर्माबासी कुरिरहेका छन् ।

मुर्मा गाउँ भन्दा १५ मिनेट उकालो चडेपछि मुर्माटपमा पुग्न सकिन्छ । समुन्द्री सतहदेखि ३ हजार ३ सय मिटरको उचाईमा रहेको मुर्मा टपबाट राराको अलौकिक दृष्य देख्न सकिन्छ । साथै काञ्जिरोवा, सिस्ने र सैपाल हिमाल आँखै अगाडि देखिन्छन् ।

अहिले रारा राष्ट्रिय निकुञ्ज र छायाँनाथ रारा नगरपालिकाले रारा ताल आसपासमा होमस्टे प्रवर्द्धन गर्न सहयोग पनि गरिरहेका छन् । यसले स्थानीयको आर्थिकस्थितीमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

रारा पुग्ने अधिकांश पर्यटक तालसँगै त्यहाँको मौलिक संस्कृति, परम्परा, परिकारमा रमाउन चाहन्छन् । त्यसलाई आर्थिक उपार्जनसँग जोडेर स्थानीय पालिकाले गरेको कामप्रति नागरिक पनि खुसी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *