मन्त्री पाएपछि जसपा कोशी प्रदेश सरकारमा सहभागी
२६ साउन २०८० विराटनगर । कोशी प्रदेश सरकारमा जनता समाजवादी पार्टी पनि सहभागी भएको छ । जसपाकी एक्ली प्रदेश सांसद निर्मला लिम्बूले स्वास्थ्यमन्त्रीको रूपमा आज सपथ लिँदैहुनुहुन्छ ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट १र१ जना मन्त्री हुने पूर्वसहमतिअनुसार जसपाकी सांसद निर्मला लिम्बूले शुक्रबार स्वास्थ्यमन्त्रीमा शपथ लिन लागेको बताउनुभयो ।
उहाँको सथप दिउँसो साढे २ बजे प्रदेश प्रमुख प्रशुराम खापुङ्बाट हुनेछ । मुख्यमन्त्रीद्वारा आयोजित पत्रकार सम्मेलनमा आन्दोलनरत पहिचान पक्षधरको माग सम्बोधनका लागि थापाले प्रतिबद्धता समेत जनाउनुभयो । सोही प्रतिबद्धतापछि लिम्बू सरकारमा सहभागी हुन तयार भएको उहाँको भनाइ छ ।
तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्यमन्त्री रहेकी लिम्बूले पहिचान पक्षधरको आन्दोलनमा सरकारले बल प्रयोग गर्न लागएको विरोधमा पार्टीको निर्णयअनुसार पदबाट राजीनामा दिनुभएको थियो ।
त्यसपछि तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरले असंवैधानिक रूपमा बहुमत पुर्याएर पहिलो पटक थापा मुख्यमन्त्री नियुक्त हुँदा पनि जसपाले पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रदेश सरकारले सार्वजनिक प्रतिबद्धता नजनाएसम्म सरकारमा सहभागी नहुने अडान लिएको थियो ।
प्रतिक्रिया