Main News
संखुवासभा कारागारमा दुई जना कैदीबन्दीको शंकास्पद मृत्यु
२०८० साउन २४ गते १३:०६

२४ साउन २०८० संखुवासभा । जिल्ला कारागार संखुवासभामा दुईजना कैदीबन्दीको शंकास्पद मृत्यु भएको छ।
गएराति एक बजे कारागारको ट्वाइलेटबाट भाग्ने क्रममा उनीहरुलाई कारागार प्रहरीले पक्राउ गरी प्रशासनलाई बुझाएको डिएसपी वीरेन्द्र गोदारले बताउनु भएको छ ।
त्यसपछि बिहान कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएको र उपचारका क्रममा जिल्ला अस्तालमा मृत्यु भएको जेलर राजेन्द्र घिमिरेले जनाउनु भयो ।
मृत्यु हुनेमा संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी छन् ।
तोलाङ्गीले बलात्कार मुद्दामा १८ वर्ष र बलामीले चोरी मुद्दामा तीन वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया