राजनीति
प्रधानमन्त्री बन्ने रहर होइनः प्रचण्ड (भिडियो रिपोर्टसहित)
२०७९ असोज १० गते १७:४२

१० असोज २०७९ चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने कुनै रहर नभएको दोहोर्याउनु भएको छ ।
प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिले आज भरतपुरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पद नभई राजनीतिक स्थिरता आफ्नो मुल ध्येय भएको बताउनुभएको हो ।
अबको दशक आर्थिक क्रान्तिको दशक भएको भन्दै प्रचण्डले जीवनको उत्तरार्धमा त्यसतर्फ लाग्ने बताउनुभयो ।
फरक प्रसंगमा अध्यक्ष प्रचण्डले संविधान उल्ट्याउने प्रयास भइरहेको टिप्पणी गर्नुभएको थियो ।
प्रतिक्रिया