विदेश

रुस–युक्रेन युद्ध अझै लम्बिने संकेत

हिमालय टिभी
२०७८ फागुन २४ गते ८:१९
रुस–युक्रेन युद्ध अझै लम्बिने संकेत

२४ फागुन २०७८ युक्रेन । रुसले युक्रेनमा युद्ध शुरु गरेको १२ औं दिन आइपुग्दा पनि युद्ध अन्त्य हुने कुनै संकेत देखिएको छैन ।

रुसले आक्रमण जारी राखेको छ भने युक्रेन प्रतिकारको पनि प्रयास जारी छ । मानवीय कोरिडोरका लागि अस्थायी युद्धविराम घोषणा गरिएको राजधानी किभ, मारिओपोल, समी र खार्खिभमा पनि रुसले बमबारी जारी रहेको युक्रेनले जनाएको छ ।

दुई मुलुकका प्रतिनिधिबीच हिजो भएको तेस्रो चरणको वार्ता पनि निष्कर्षविहीन भएको छ । रुसले युक्रेनको संविधानमा परिवर्तन, क्राइमियालाई रुसको भूभागको मान्यता दिनु पर्ने, डोनेस्क्स र लुहान्स्कलाई स्वतन्त्र देशको मान्यता दिनुपर्ने चार शर्त माने युक्रेन युद्ध तुरुन्त बन्द हुने जनाएको छ ।

शरणार्थीहरुलाई बेलारुस वा रुस पठाउन बाटो खोलिदिने रुसको प्रस्तावलाई युक्रेनले अनैतिक भनेको छ । युद्ध अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायले रुसमाथि निरन्तर दबाब दिइरहेका छन् ।

विश्व नेताहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी पनि गरिहेका छन् । तर पुटिन आफ्नो उद्देश्य पूरा नभइ युद्ध नरोक्ने अडानमा छन् । यता रुस र युक्रेनी विदेशमन्त्रीबीच कुराकानी हुने सम्भावना रहेको बीबीसीले जनाएको छ ।

रुस युक्रेन युद्धका क्रममा चार सयभन्दा बढीको मृत्यु भएको छ । हजारभन्दा बढी घाइते भएका छन् । १७ लाख मानिसले युक्रेन छाडेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *