विदेश

अफगानिस्तानमा सरकार गठन प्रक्रिया अन्तिम चरणमा

हिमालय टिभी
२०७८ भदौ २२ गते ८:४०
अफगानिस्तानमा सरकार गठन प्रक्रिया अन्तिम चरणमा

२२ भदौ २०७८ काबुल । अफगानिस्तानमा नयाँ सरकार गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

सरकार गठनको प्रक्रिया अन्तिम चरणमा पुगेसँगै अब त्यहाँ चाँडै नै यसबारे घोषणा हुने बताइएको छ । सरकार घोषणा कार्यक्रममा सहभागिताका लागि तालिबानले ६ वटा देशलाई निमन्त्रणा दिएको छ।

तालिबानले आफ्नो सरकार घोषणा समारोहमा टर्की, चीन, रुस, इरान, पाकिस्तान र कतारलाई बोलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

तालिबानले आफू निकट देशलाई उक्त कार्यक्रममा सहभागिताका लागि बोलाएको हो ।

समारोहमा बोलाइएका रुस र चीन अमेरिकाका प्रमुख शत्रु मानिन्छन् । तालिबानले चीन र रुससँग नजिकको सम्बन्ध राख्न चाहेको बताइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *