विदेश

यौन दुर्व्यवहारको आरोप लागेपछि न्युयोर्कका गभर्नरले दिए राजीनामा

हिमालय टिभी
२०७८ साउन २७ गते ८:००
यौन दुर्व्यवहारको आरोप लागेपछि न्युयोर्कका गभर्नरले दिए राजीनामा

२७ साउन २०७८ न्युयोर्क । महिलाहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका अमेरिकाको न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले राजीनामा दिएका छन् ।

राज्यकी न्यायाधीवक्ताले गरेको अनुसन्धानमा कुओमोले महिलाहरुमाथि यौन दुर्व्यहार गरेको पाइएको उल्लेख थियो । त्यसपछि उनीमाथि राजीनामाको दबाब परेको थियो ।

लगातार आरोप अस्वीकार गर्दै आएका कुओमोले अझै पनि आफूले कुनै पनि महिलालाई दुर्व्यवहार नगरेको बताएका छन् । उनको राजीनामा अबको १४ दिनमा लागु हुनेछ ।

उपगभर्नर क्याथी हकलले गभर्नरको जिम्मेवारी सम्हाल्ने छिन् । उनी न्यूयोर्कको नेतृत्व गर्ने पहिलो महिला बन्ने भएकी छन् । कुओमोलाई राष्ट्रपति जो बाइडेनसहित डेमोक्र्याटिक पार्टीकै नेताहरुबाट राजीनामाका लागि दबाब परेको थियो ।

एक वर्ष पहिले कुओमो अधिकांश अमेरिकीका प्रिय पात्र थिए । कोरोना भाइरसको महामारीले अमेरिकामा प्रवेश पाएपछि बढी प्रभावित भएको न्यूयोर्क राज्यको अवस्थाबारे उनले दैनिक तथ्य परक पत्रकार सम्मेलन गर्ने गरेका थिए ।

तर यौन दुर्व्यवहारको आरोपले उनको छवी खराब भयो र राजीनामा दिन बाध्य भए । उनी न्यूयोर्कका लगातार तेस्रो गभर्नर हुन्, जसले कुनै न कुनै प्रकारको स्क्याण्डलका कारण पद छोड्नु पर्ने अवस्थामा पुगे ।

६३ वर्षका कुओमोले लगातार सबै आरोप अस्वीकार गर्दै आएका छन् । तर उनले आफ्नो कुनै गतिविधिले कुनै पनि महिलालाई असहज भएको भए माफी चाहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *