विदेश

अमेरिकासँग वार्ता र संघर्ष दुवैका लागि तयार रहेको उत्तर कोरियाको प्रतिक्रिया

हिमालय टिभी
२०७८ असार ४ गते १४:४७
अमेरिकासँग वार्ता र संघर्ष दुवैका लागि तयार रहेको उत्तर कोरियाको प्रतिक्रिया

४ असार २०७८ प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकासँग वार्ता र संघर्ष दुवैका लागि तयार रहेको बताएका छन् ।

राजधानी प्योङयाङमा सत्तारुढ वकर्स पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै किमले मुुलुकको प्रतिष्ठा र स्वतन्त्र विकासका लागि अमेरिकासँग भिड्न पूरै तयार रहेको बताएको बीबीसीले जनाएको छ ।

उनले शान्तिपूर्ण वातावरण र मुलुकको रक्षाका लागि पनि यस्तो आवश्यक रहेको बताएका छन् । कोरियाली प्रायद्वीपको स्थिर नियन्त्रणको प्रयासलाई पनि उत्तर कोरियाले गहन ढंगबाट नियालिरहेको किमले बताए ।

उत्तर कोरियामा खाद्यान्न संकट गहिरिएको बताए लगत्तै सर्वोच्च नेता किमको अभिव्यक्ति आएको हो । यसअघि उत्तरले कूटनीतिक सम्पर्कका लागि बाइडेन प्रशासनले गरेको प्रयास लत्याएको थियो ।

अमेरिका र उत्तर कोरियाबीच लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध छ । गत जनवरीमा जो बाइडेनको शपथ अघि उत्तर कोरियाले नयाँ मिसाइलसहितको विशाल सैन्य परेड गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *